कलेजो प्रत्यारोपण विशेषज्ञ डा.सुजितकुमार शाह मृत फेला
काठमाडौं । कलेजो प्रत्यारोपण विशेषज्ञ डा.सुजितकुमार शाह मृत अवस्थामा फेला पर्नुभएको छ । भारतको हरियाणा राज्यको गुरूग्रामस्थित मेदान्त अस्पतालमा कार्यरत अन्दाजी ४० वर्षका डा.शाह आज बिहान मृत अवस्थामा फेला पर्नुभएको उहाँ निकट स्रोतले जानकारी दिएको छ ।
उहाँ मेदान्तमा २०१६ देखि कार्यरत हुनुहुन्थ्यो । उहाँ रोबोटिक सर्जन हुनुहुन्थ्यो । उहाँको स्थाथी घर सिरहा जिल्ला हो भने नेपाल मेडिकल काउन्सिल दर्ता नम्वर ६३१७ रहेको छ । उहाँकी श्रीमती र एक छोरी हुनुहुन्छ । हाल उहाँहरु भारतमै हुनुहुन्छ ।
शाहले पञ्जावको चञ्डीगढस्थित प्रिमियर इन्स्टिच्युटमा सर्जरी विषयको अध्ययन गर्नुभएको थियो । भारतको एम्सबाट एमसीएच गर्नुभएका शाहको अन्तर्राष्ट्रिय जर्नलहरुमा लेखहरु प्रकाशित भएका छन् । उहाँले पोखराको मणिपाल अस्पतालबाट एमबीबीएस गर्नुभएको थियो । कलेजो प्रत्यारोपणमा भारतमै चम्किलो ताराका रुपमा रहनुभएका शाहको निधनले नेपालको चिकित्सा क्षेत्रले अपूरणीय क्षति व्यहोरेको उहाँका सहकर्मी कलेजो प्रत्यारोपण विशेषज्ञ डा.एकानन्द सिंह बताउनुहुन्छ ।
तपाईँको अभिमत