कोरोना संक्रमित भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन
अ +
अ -
नयाँ दिल्ली । कोरोना संक्रमणसमेत पुष्टि भएका भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ । सोमबार साँझ उपचारका क्रममा पोनै छ बजे ८४ वर्षका मुखर्जीको निधन भएको उहाँको छोरा अभिजित मुखर्जीले ट्वीट मार्फत जानकारी दिनुभएको छ ।
केही सातादेखि उहाँको उपचार सैनिक अस्पतालमा भइरहेको थियो । मस्तिष्कमा रगत जमेपछि शल्यक्रिया गर्न अस्पताल पुग्नुभएका मुखर्जीलाई परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।
शल्यक्रियापछि उहाँ कोमामा जानुभएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत