नेपालमा कोरोनाबाट स्वास्थ्यकर्मीको मृत्यु
अ +
अ -
काठमाडौं । नेपालमा कोरोना भाइरसबाट पहिलो पटक स्वास्थ्यकर्मीको मृत्यु भएको पुष्टि भएको छ । भदौ १२ गते महोत्तरीको मनरा सिसवा—४ का सहनी थर भएका अन्दाजी ४० वर्षीय हेल्थ असिस्टेन्टको उपचारका लागि काठमाडौं ल्याइदैं गर्दा बाटैंमा मृत्यु भएको प्रदेश २ का कोभिड फोकल पर्सन विजयकुमार झाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो ‘उहाँ एक निजी स्वास्थ्य संस्थामा प्राक्टिस गर्नुहुन्थ्यो । यद्यपी यसबारे स्वास्थ्य मन्त्रालयले आधिकारिक जानकारी गराएको छैन।
महोत्तरीमै निजी स्वास्थ्य संस्थामा काम गरिरहनु भएका उहाँ भदौ ७ गते बिरामी हुनुभएको थियो । स्वास्थ्य अवस्था गम्भीर भएपछि उहाँलाई काठमाडौं ल्याइँदैं गर्दा बाटैंमा मृत्यु भएको थियो ।
तपाईँको अभिमत