अस्पताल सुरक्षा गर्ने जिम्मा बिरालोलाई !
एजेन्सी । कोरोना महामारीका कारण विश्वभर लाखौं मानिसको रोजगार गुमेको छ । लकडाउन हुँदा बेरोजगारको दर बढेको छ । मानिसले काम नपाइरहेका बेला अष्ट्रेलियाको एक अस्पतालमा भने एक बिरालोलाई सुरक्षा गार्डको जागिर दिइएको छ । रिचमण्डको इप्वर्थ अस्पतालमा एलउड नामको बिरालोलाई सुरक्षाको जिम्मेवारी दिइएको हो ।
एलउड सडक बिरालो हो । यो बिरालो इप्वर्थ अस्पतालको गेट वरिपरी विगत एक वर्षदेखि हिँडडुल गर्दै आएको छ । दिनहुँ बिरालो अस्पतालको गेटमा आएर बसेको देखेपछि प्रशासनले बिरालोको घाँटीमा फोटो र नामसहित परिचयपत्र झुण्ड्याइदिएर सुरक्षाको जिम्मा नै दिएको छ ।
अस्पतालको प्याथालोजिष्ट चान्तेल ट्रोलिपले एक अन्तरवार्ताको क्रममा एलउडलाई अस्पतालको मुख्य गेटमा सुरक्षाका लागि राखिएको जानकारी दिनुभएको छ । बिरालोलाई राम्रो हेरचाह र खान दिई उसलाई सुरक्षाका लागि प्रयोग गर्ने जुक्ति निकालिएको उहाँले बताउनुभयो । एलउडले अस्पतालमा आएका व्यक्तिहरुलाई स्वागत गर्दा सेवाग्राही खुसी देखिन्छन् ।
हेल्थपाटी
तपाईँको अभिमत