समुदाय स्तरमा काेराेनाको अवस्था बुझ्न देशभर एन्टीबडी परीक्षण
काठमाडौं । नेपालमा कोरोना संक्रमणको अवस्था पत्ता लगाउन देशभर एकैपटक एन्टीबडी परीक्षण गरिने भएको छ । विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)को प्राविधिक सहयोगमा ईपिडिमियोलोजि तथा रोग नियनत्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको समन्वयमा काठमाडौं उपत्यका सहित देशभर एकैसाथ एन्टीबडी परीक्षण गर्ने तयारी भएको महाशाखा प्रमुख डा.बासुदेब पाण्डेले जानकारी दिनुभयो ।
काठमाडौं उपत्यकामा भेटिएका संक्रमितहरुमध्ये ६० प्रतिशतको ट्राभल हिस्ट्री नभएको र जुनसुकै उमेर समूहलाई पनि संक्रमण देखिन थालेकाले समुदायमा संक्रमण गएको हो/होइन निर्क्यौल गर्न एक भित्र समुदायमा परीक्षण (सेरो प्रिभिलेन्स अध्ययन) गर्न लागेको उहाँले बताउनुभयो । “समुह–समुहमा संक्रमण देखिएको छ, त्यस्ता क्षेत्रको पहिचान गरि त्यहाँका व्यक्तिको रगत निकालेर परीक्षण गरिनेछ, संकलित नमुना राष्ट्रिय प्रयोगशालामा परीक्षण गर्छौ र सोको नतिजाका आधारमा संक्रमणको स्थिति पत्ता लाग्छ”, पाण्डेले भन्नुभयो, “सेरोलोजिकल एन्टीबडी परीक्षणको यसै हप्ता सुरु हुनेछ ।”
उहाँका अनुसार एन्टीबडी परीक्षणमा सहभागि हुने व्यक्तिहरु कम्तिमा ६ हप्ता स्थानिय स्तरमा बसेको हुनुपर्नेछ । डा.पाण्डेले एन्टिबडी सेरोलोजिकल टेस्ट विश्वसनीय र भरपर्दो हुने भएकाले समुदायमा ठूलो समूहको परीक्षण हुने बताउदै यो परीक्षणबाट शरीरमा कोरोना भाइरस संक्रमण भइसकेकाे भए त्यसविरुद्ध शरीरले उत्पादन गरेको भाइरस प्रतिरोधी प्रोटिन भए / नभएको पनि पत्ता लाग्ने जानकारी दिनुभयो ।
सेरो प्रिभिलेन्स अध्ययनका लागि ६० जनालाई तालिम दिइसकेको र प्रश्नपत्रहरु तयार भइसकेको छ । प्राविधिक भने स्थानिय स्तरकालाई नै परिचालन गरिनेछ ।
तपाईँको अभिमत