ग्राण्डी अस्पतालमा वीरगन्जका मेयर सरावगीकाे पिताकाे निधन
अ +
अ -
काठमाडौं । वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीका बाबुको निधन भएको छ । काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा ७८ वर्षका चिरञ्जीवि लाल सरावगीको सोमबार बिहान निधन भएको हो ।
मुटु र मिर्गौलासम्बन्धि समस्या रहेका उहाँलाई यसअघि कोरोना संक्रमण पनि भएको थियो तर उहाँ संक्रमणमुक्त भइसक्नुभएको उहाँको पारिवारिक स्रोतले जनाएको छ । सरावगी वीरगन्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्षसमेत हुनुहुन्थ्यो ।
हेल्थपाटी
तपाईँको अभिमत