स्वास्थ्यकर्मीलाई अस्पतालले क्वारेन्टिनमा नराखे मन्त्रालयलाई खबर गर्नू
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड व्यवस्थापन तथा उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुलाई क्वारेन्टिनको व्यवस्था मिलाउन सबै अस्पताललाई निर्देशन दिएको छ ।
मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले अस्पताललाई यसअघि नै सूचना सर्कुलेसन भइसकेको र यदि नगरेको भए मन्त्रालयलाई खबर गर्न स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो । उहाँले अस्पतालले क्वारेन्टिनका लागि गरेको खर्चको सोधभर्ना मन्त्रालयसँग गर्न सकिने पनि बताउनुभयो ।
यसैगरी आइसोलेसन तथा अस्पतालमा उपचार गरिरहेका संक्रमितलाई स्वाब संकलन गरेको १० दिनमा पुनःस्वाब लिई परीक्षण गर्ने र रिपोर्ट नेगेटिभ आए डिस्चार्ज गर्ने तथा पोजेटिभ आए फेरि ४ दिनपछि पीसीआर परीक्षण नगरि घर पठाउन उहाँले स्वास्थ्यकर्मीहरुलाई सूचित गर्नुभयो ।
प्रवक्ता गौतमले विश्व स्वास्थ्य संगठनको मापदण्डलाई अनुसरण गर्दै यस्तो निर्णय लिइएको स्पष्ट पार्नुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत