सेवामा खटिएका डाक्टर तथा स्वास्थ्यकर्मीलाई गाडी सुविधा
काठमाडौं । नेपाल चिकित्सक संघले कोरोनाको महामारीमा अग्र स्थानमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई आवतजावत गर्न सवारी साधनको व्यवस्था गरेको छ । विभिन्न संघसंस्थाहरुसँगको सहकार्यमा चिकित्सक संघले काठमाडौं उपत्यकामा रिङरोड भित्र १ र रिङरोड बाहिर १ गरि २ वटा सवारी साधनको व्यवस्था गरेको जनाएको छ ।
महामारीका बेला उच्च जोखिम मोल्दै सेवामा खटिएका स्वाथ्यकर्मीको मनोबल उच्च बनाउन इमरजेन्सी सटल सर्भिस नाम दिइएको यो व्यवस्था उपत्यका बाहिरका जिल्लामा पनि सञ्चालन गर्ने तयारी गरेको संघले विज्ञप्ती मार्फत जानकारी दिएको छ ।
चिकित्सक तथा स्वास्थ्यकर्मीलाई यो सुविधा लिनका लागि संघले परिचय पत्र अनिवार्य हुनपर्ने, मास्कको प्रयोग गर्नपर्ने, चिकित्सक बाहेक अन्य चिनजान, परिवार वा साथीभाईलाई सवारी साधनको प्रयोग गर्न नदिने, तोकिएको समय र रुट भन्दा बाहिर सवारी साधन नजाने, एक सिटमा १ व्यक्तिमात्र बस्नुपर्ने तथा चिकित्सकीय प्रयोजन बाहेक अन्य प्रयोजनका लागि सवारी साधन प्रयोग गर्न नपाउने आचारसंहिता तय गरेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत