देशभर ८८४ संक्रमित थपिए, ३१३ जना डिस्चार्ज
अ +
अ -
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८८४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएकोे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा जागेश्वर गौतमले देशभर ८८४ जनालाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।
यो सँगै कोरोना संक्रमितको संख्या ३७ हजार ३४० पुगेको छ । २४ घण्टामा ३१३ जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या २० हजार ५५५ पुगेको छ । २४ घण्टामा ११ हजार ५१६ जनाको पीसीआर परीक्षण भयो ।
संक्रमितमध्ये हालसम्म सक्रिय संक्रमितको संख्या १६ हजार ५७८ रहेको छ । आइसीयूमा १६४ र भेन्टिलेटरमा २२ संक्रमितको उपचार भइरहेको छ । हाल क्वारेन्टिनमा १० हजार ९७१ जना बसिरहेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत