देशभर ६ हजार २०२ आइसोलेसन बेड थप
थप ३ अस्पताल कोभिड अस्पतालमा सूचीकृत
अ +
अ -
काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेपछि सरकारले केन्द्र, प्रदेश तथा पालिकाहरुमा गरि ६ हजार २०२ आइसोलेसन बेड थपेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले केन्द्रका अस्पतालमा १ हजार, प्रदेशमा १ हजार ९५७ तथा ६४९ पालिकामा प्रत्येकमा ५ बेडको दरले ३ हजार २४५ बेड थप गरिएको जानकारी दिनुभयो ।
यसैगरी थप ३ अस्पताललाई कोभिड अस्पतालको रुपमा सूचीकृत गरिएको छ । काठमाडौंको कान्तिपुर अस्पताल, जनमैत्री अस्पताल र वीगञ्जको नेशनल मेडिकल कलेज शिक्षण अस्पताललाई कोभिड अस्पतालको रुपमा सूचीकृत गरिएको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत