कपिलवस्तुका संक्रमितको बुटवलमा मृत्यु

प्रतिकारात्मक तस्बिर
अ +
अ -
बुटवल । कपिलवस्तुका कोरोना संक्रमित पुरुषको बुटवलमा मृत्यु भएको छ । बुटवलको कोरोना विशेष अस्पताल उपचाररत कपिलवस्तु नगरपालिका–१ का ५० वर्षीय पुरुषको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल स्रोतले जानकारी दिएको छ ।
५ दिनअघि कोरोना संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएका उनमा उच्च रक्तचाप, मधुमेहको समस्या थियो । अवस्था गम्भीर बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको अवस्थामा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत