आइसियु र भेन्टिलेटरमा भर्ना हुने कोरोना संक्रमितको संख्या बढ्दै

फाइल तस्बिर
काठमाडौं । नेपालमा कोरोना संक्रमितहरुको संख्या बढ्दै जाँदा आइसियु र भेन्टिलेटरमा उपचार गराउने संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १७० जना आइसियु तथा भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।
मन्त्रालयको बुधबारको तथ्याङ्क अनुसार १४ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् । मंगलबार आइसियुमा तथा भेन्टिलेटरमा उपचार गराउनेको संख्या १६३ मात्र थियो । ती मध्ये १३ जना भेन्टिलेटरमा उपचाररत थिए । मन्त्रालयका अनुसार होम आइसोलेसनमा उपचार गराउनेको संख्या पनि दिनहुँ बढिरहेको छ ।
मंगलबार पाँच हजार छ सय ६९ जना होम आइसोलेसनमा थिए भने आज त्यो संख्या छ हजार २८ पुगेको छ । अघिल्लो दिनमा भन्दा आज ३५९ बढी संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
मन्त्रालयको तथ्याङ्क अनुसार बुधबार प्रदेश १ मा १७ जनामध्ये १ भेन्टिलेटरमा, १६ जना आइसियु, प्रदेश २ मा ४९ जना आइसियुमा, बागमती प्रदेशमा ७१ जना आइसियु तथा १३ जना भेन्टिलेटरमा, गण्डकीमा ३ जना आइसियुमा, प्रदेश ५ मा १७ जना आइसियुमा उपचार गराइरहेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत