स्वास्थ्य मन्त्रालयका सहसचिव बिष्टको सरुवा, स्वास्थ्यमा रेग्मी
अ +
अ -
काठमाडौं। सरकारले ५५ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार विभिन्न मन्त्रालयका प्राविधिक तथा प्रशासनिक तर्फका वरिष्ठ सहसचिवहरुलाई प्रदेशमा सरुवा गर्ने निर्णय गरेको हो ।
प्रदेशमा कामको प्रभावकारिता बढाउन विभिन्न शक्तिशाली मन्त्रालयमा रहेका अनुभवी सहसचिवलाई प्रदेशमा खटाउने गरी यो निर्णय आएको बताइएको छ । अहिलेको सरुवा वरिष्ठताको आधारमा मात्र गरिएको मन्त्रालय जानकारी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिब रघुराम बिष्ट सामाजिक विकास मन्त्रालय सुदूरपश्चिममा सरुवा हुनुभएको छ। यस्तै स्वास्थ्य मन्त्रालयमा भने सहसचिव दामोदर रेग्मीलाई ल्याइएको छ। उहाँ यसअघि प्रदेश नम्बर १ कोआर्थिक मामिला तथा योजना मन्त्रालयको सहसचिव हुनुहुन्थ्यो।
हेल्थपाटी
तपाईँको अभिमत