काठमाडौं उपत्यकामा भदौ १७ गतेसम्म निषेधाज्ञा थपियो
काठमाडौं । कोरोना संक्रमण बढेपछि काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञाको अवधि एक साता थप गरिएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु(सिडिओ) को आज बसेकाे बैठकले गत बुधबार मध्यरातदेखि जारी गरिएको निषेधाज्ञालाई १७ गतेसम्म लम्ब्याउने निर्णय भएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो ।
उपत्यकामा संक्रमण नघटेको भन्दै स्थानिय तह तथा सरोकारवाला संघसंस्थाबाट निषेधाज्ञा थप्न सुझाव दिएपछि सिडिओको बैठकले सोही अनुसार निर्णय लिइएको उहाँले बताउनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार देशभर संक्रमितको संख्या ३३ हजार ५३३ जना पुगेको छ । मंगलबार काठमाडौं उपत्यकामा मात्रै २३२ नयाँ संक्रमित थपिएका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत