काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्ने तयारी

फाइल तस्बिर
काठमाडौं । कोरोना संक्रमण बढेपछि काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा थप गर्ने तयारी गरिएको छ । गत बुधबार मध्यराती देखि जारी गरिएको निषधाज्ञा आज मध्यरातीदेखि सकिँदैछ ।
उपत्यकामा संक्रमण नघटेको भन्दै स्थानिय तह तथा सरोकारवाला संघसंस्थाबाट निषेधाज्ञा थप्न सुझाव आएकाले यसबारे निर्णय लिन आज उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारी (सिडिओ)को बैठक डाकिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो ।
उहाँले बैठकमा के–कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने बताउनुभयो । निषेधाज्ञा संक्रमण नियन्त्रणका लागि रहेको भन्दै उहाँले अत्यावश्यक बाहेक बाहिर ननिस्कन आग्रह गर्नुभयो । सिडिओ पाण्डेले निस्कनै परे स्वास्थ्य सुरक्षाका उपाय अनिवार्य पालना गर्न सबैलाई अनुरोध गनुभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार देशभर संक्रमितको संख्या ३३ हजार ५३३ जना पुगेको छ । मंगलबार काठमाडौं उपत्यकामा मात्रै २३२ नयाँ संक्रमित थपिएका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत