अस्पताल नगई रेडियो चलाउँदै कोरोना संक्रमित

कोरोना संक्रमण देखिए पनि निरन्तर काममा खटिइरहेका नारायणी एफएम वीरगन्जका रेडियोकर्मी । फोटो : गोविन्द देवकोटाको फेसबुकबाट
वीरगञ्ज । वीरगञ्जको एक रेडियो कोरोना संक्रमित कर्मचारीकै भरमा चलिरहेको छ । वीरगञ्जको नारायणी एफएम १०३.८ मेगाहर्जका ५ जना कर्मचारीमा एकै पटक कोरोना संक्रमण देखियो ।
भदौ ४ गते रेडियोमा कार्यरत मध्ये ६ जनाको परीक्षण गराउँदा ५ /५ जनामा संक्रमण देखिएको नारायणी एफएमका अध्यक्ष गोविन्द देवकोटाले जानकारी दिनुभएको छ ।
देवकोटाका अनुसार सहकर्मीमा संक्रमण देखिएपछि केही दिनअघि परीक्षण गदाउँदा रिपोर्ट नेगेटिभ आएको अन्य तीन जना पनि होम क्वारेन्टाइनमा बस्नुपर्ने अवस्था आयो । संक्रमित रेडियोकर्मीहरुलाई स्थानीय प्रशासनले कोभिड अस्पतालमा लैजाने तयारी गरेको थियो । यस्तो अवस्थामा रेडियो नै बन्द गर्नुपर्ने भयो।
तर संक्रमण भएका पाँच जनाले रेडियोमै आइसोलेस बनाएर बस्ने र रेडियो नियमित सञ्चालन गर्ने निर्णयमा गरे । यसअघि नै गत साउन १८ गते स्टेशन प्रमुख नै संक्रमित भएर उपचारपछि अहिले संक्रमण मुक्त भएको रेडियोका अध्यक्ष देवकोटाले जानकारी दिनुभएको छ ।
एक प्राविधिकलाई पनि संक्रमण देखिएको उहाँले बताउनुभएको छ । रेडियोको आइसोलेसनमा रहेर लेखा प्रशासन प्रमुख सहित दुई जना प्राविधिक, एकजना कार्यालय सहयोगी र समाचारमा एकजनाले काम गरिरहेको देवकोटाको भनाइ छ । संक्रमणमा परेर पनि संकटपूर्ण स्थिस्तिमा काम गर्ने सहकर्मीप्रति अध्यक्ष देवकोटाले आभार प्रकट गर्नुभएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत