भेरी अस्पतालका कोभिड फोकल पर्सन डा. रिसाललाई कोरोना

फाइल तस्बिर
अ +
अ -
बाँके । भेरी अस्पताल नेपालगञ्जका कोभिड फोकल पर्सन डा.संकेतकुमार रिसाललाई कोरोना संक्रमण भएको छ । नेपालगञ्जमा कोरोना उपचार र रोकथाम व्यवस्थापनमा खटिनुभएका रिसाललाई आज कोरोना पुष्टि भएको हो ।
आफूलाई सामान्य ज्वरो आएको र हाल अस्पतालकै आइसोलेसनमा रहेको रिसालले हेल्थपाटीलाई जानकारी दिनुभयो । उहाँले संक्रमण बढिरहेकाले जनस्वास्थ्यकाे सुरक्षा अनिवार्य पालना गर्न सबैलाई आग्रह गर्नुभयो ।
सुरुवातीमा संक्रमणको हटस्पट रहेको नेपालगञ्जमा रिसाल अहाेरात्र कोरोना उपचार र रोकथाम व्यवस्थापनमा खटिनुभएको थियो । उहाँ वरिष्ठ फिजिसियन समेत हुनुहुन्छ ।
हेल्थपाटी
तपाईँको अभिमत