कोरियामा कोरोना संक्रमण बढेपछि देशभर थप प्रतिबन्ध
सोल । दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेपछि देशभर थप कडाई गरिएको छ । स्वास्थ्य अधिकारीहरुले अवस्था झनै बिग्रन सक्ने चेतावनी दिएका छन् । यसअघि राजधानी सोलमा मात्रै प्रतिवन्ध लगाइएको धार्मिक समारोह, नाइट क्लब, कारीओकी बार तथा सामुन्द्रिक तट अहिले देशभर बन्द गरिएको छ ।
सोमबार कोरियामा २६६ नयाँ व्यक्तिलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । जसमध्ये २५८ केस स्थानिय संक्रमण रहेको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले जानकारी दिएको छ । थपिएका नयाँ संक्रमितसँगै हालसम्म संक्रमितको संख्या १७ हजार ६६५ पुगेको छ ।
आइतबार ३९७ जनालाई कोरोना पुष्टि भएको थियो । कोरियामा मध्य अगस्टदेखि संक्रमण बढिरहेको छ । पछिल्लो ११ दिनमा २ हजार ८९३ नयाँ संक्रमित थपिएका छन् ।
संक्रमण बढ्दै गएपछि स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा कडाई गरिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत