अवकाश प्राप्त शिक्षकको कोरोनाबाट मृत्यु
विराटनगर । विराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत संक्रमित अवकाश प्राप्त शिक्षकको मृत्यु भएको हो । विराटनगर महानगरपालिका–८ का ६५ वर्षीय पुरुषको गएराति मृत्यु भएको कोशी अस्पताल स्रोतले जानकारी दिएको छ ।
मृतक अवकाश प्राप्त शिक्षक हुन् । परिवारकै एक सदस्यमा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङ गर्दा उनमा संक्रमण देखिएको थियो । भदौ ४ गते स्वाब संकलन गरी परीक्षणका लागि कोशी अस्पतालको प्रयोगशालामा लगिएकोमा आइतबार दिउँसो आएको रिपोर्टमा संक्रमण रहेको पुष्टि भएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि ती पुरुषलाई ८ बजेतिर उपचारका लागि अस्पताल लगिएको थियो । अस्पताल पुर्याएको एक घण्टामै उहाँकाे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत