कोरोना संक्रमणबाट यातायात व्यवसायी मानबहादुर थापाको मृत्यु

फाइल तस्बिर
अ +
अ -
काठमाडौं । यातायात व्यवसायी मानबहादुर थापाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । धरान १५ मा बस्ने ६७ वर्षका व्यवसायी थापाको वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा हिजो शनिबार मृत्यु भएको स्वतन्त्र यातायात मजदुर संघका अध्यक्ष भिमज्वाला राईले जानकारी दिनुभयो ।
उहाँका अनुसार थापालाई कोरोनाको लक्षण देखिएपछि साउन २९ गते अस्पताल भर्ना गरिएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत