एकै अस्पतालका १९ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण
अ +
अ -
धनगढी । अछामको बयालपाटा अस्पतालका १९ जना स्वास्थ्यकर्मीलाई कोरोना भाइरस पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १९ स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको अस्पतालका स्वास्थ्य सेवा निर्देशक डा.विकास गौचनले जानकारी दिनुभयो ।
संक्रमण पुष्टि हुनेमा डाक्टर,नर्स अस्पतालका प्रयोगशालाकर्मी तथा कर्मचारी रहेका छन् । यसअघि अस्पतालका दुई कर्मचारीलाई संक्रमण भएपछि आकस्मिक बाहेकका सेवा बन्द गरिएको थियो ।
तपाईँको अभिमत