भारतबाट आएका कोरोना संक्रमितको बुटवलमा मृत्यु

फाइल फोटो
अ +
अ -
बुटवल । कोरोना संक्रमणका कारण बुटवलमा उपचाररत प्यूठानका पुरुषको मृत्यु भएको छ । प्यूठानको स्वर्गद्धारी नगरपालिका–७ का ६४ वर्षीय पुरुषको मृत्यु भएको प्रदेश ५ स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
भारतबाट आएर क्वारेन्टाइनमा उनलाई साउन ३२ बुटवलमा कोरोना संक्रमणको पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उपचारका लागि कोभिड अस्पताल बुटवलमा उपचाररत उनको आज विहान मृत्यु भएको निर्देशनालय जनाएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत