कोरोनाका बिरामीलाई बेड नछुट्याउने निजी अस्पताललाई कारबाही
काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना बिरामीका लागि बेड नछुट्याउने निजी अस्पताल र मेडिकल कलेजलाई कारबाही गर्ने भएको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले कोभिड बिरामीका लागि २० प्रतिशत बेड नछुट्याए पीसीआर परीक्षणका लागि दिइएको अनुमति तत्कालै खारेज गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
उहाँले निजी अस्पतालले हालको समयमा पनि अन्य बिरामी जाँच गरिरहेकाले यदि उनीहरुमा संक्रमण देखिए बिरामीलाई सोही अस्पतालमा राखेर उपचार गर्नका लागि २० प्रतिशत बेड छुट्याउन भनिएको स्पष्ट पार्नुभयो । आफ्ना अस्पतालहरुमा आएका बिरामीलाई कोरोना पुष्टि भएमा के उनीहरुको उपचार नगरि मर्न दिनुहुन्छ ? प्रवक्ता गौतमले निजी अस्पताललाई प्रश्न गर्दै महामारीका बेला आफ्नो जिम्मेवारी वहन गर्न आग्रह गर्नुभयो ।
साथै, मेडिकल कलेज र प्रतिष्ठानहरुले स्विकृत बेडमध्ये एक तिहाई संख्या आइसोलेसन भवन वा कक्षका लागि छुट्याएमा उनीहरुलाई पीसीआर प्रयोगशाला सञ्चालन गर्न दिइने पनि प्रवक्ता गौतमले बताउनुभयो ।
हेल्थपाटी 
तपाईँको अभिमत