आज मात्रै ५ संक्रमितको मृत्यु

फाइल तस्बिर
काठमाडौं । पोखरामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। मंगरबार बिहान साढे १० बजेपछि पोखरा महानगरपालिका–१६ का ८७ वर्षीय वृद्धको मृत्यु भएको हो । उनको मृत्युको पृष्टि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्मिाञ्चल क्षेत्रीय अस्पतालमा भएको अस्पतालले जानकारी दिएको छ ।
अस्पतालका अनुसार ३२ साउनमा ती बिरामी अस्पताल भर्ना भएका थिए । भदौ १ गते कोरोना संक्रमण पुष्टि भएका उनमा मिर्गाैलाको समस्या र मधुमेह थियो । आज मात्रै थप ५ जना कोरोना सक्रममितको मृत्यु भएको छ । पोखरामा यसअघि पनि तनहुँकी एक संक्रमितको मृत्यु भएको थियो । नवल परासीका ३८ वर्षीय पुरुषको पाटन अस्पतालमा मृत्यु भयो ।
काभ्रेको धुलीखेलस्थित धुलीखेल अस्पतालमा उपचाररत ९८ वर्षीय वृद्धको पनि आज बिहान नै संक्रमणबाट मृत्यु भएको हो । त्यसैगरी गएराति बाँकेको नेपालगन्जका ६२ वर्षीय पुरुषको पनि कोरोना संक्रमणकै कारण मृत्यु भएको थियो । यो सँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११३ पुगेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत