निजी अस्पतालका गरिब कोरोना संक्रमितकाे खर्च सरकारले तिर्छ
काठमाडौं । सबै अस्पतालले कोरोनाका बिरामीका लागि २० प्रतिशत बेड छुट्याउनपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयलाई विज्ञहरुले असहमति जनाइरहेका छन् । उहाँहरुले कोरोनाका बिरामी हेर्नका लागि छुट्टै अस्पताल हुनुपर्ने तर्क छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले २० प्रतिशत बेड छुट्याउनपर्ने मन्त्रालयको निर्णयलाई विज्ञहरुको माध्यामबाट गलत तरीकाले प्रचार भइरहेको बताउनुभयो । हेल्थपाटीसंग कुरागर्दै प्रवक्ता प्रा.डा. गौतमले गलत बुझाई भएको भन्दै यो निर्णय कुनैपनि अस्पतालमा आएका बिरामीलाई कोरोना पुष्टि भएमा तत्काल ति बिरामीहरुको व्यवस्थापनका लागि यो निर्णय गरिएको बताउनुभयो दिनुभयो ।
निजी अस्पतालमा भर्ना भएका तर आर्थिक अवस्था कमजोर भएकाको खर्च भने सरकारले व्यहोर्ने पनि उहाँले बताउनुभयो । प्रा.डा. गौतमले भन्नुभयाे, “निजी अस्पतालका गरिब कोरोना संक्रमितकाे खर्च सरकारले तिर्छ” त्यसका लागि सम्बन्धित अस्पतालले मन्त्रालयलाई जानकारी गराउनपर्ने र यदि अन्यत्र रिफर गर्नुपर्ने स्थिति आए मन्त्रालयकै निर्देशनमा गर्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले अन्य समस्या भई अस्पताल भर्ना भएकालाई पनि संक्रमण देखिएकाले त्यस्ता बिरामीलाई अन्यत्र नपठाउन यस्तो निर्णय लिइएको बताउनुभयो । असहज परिस्थितिमा सबैले आफ्नो दायित्व निर्वाह गर्नुपर्छ र जिम्मेवारी पनि बाँडेर लिनुपर्छ । गौतमले भन्नुभयो, कोभिड र नन – कोभिडका बिरामीका लागि भनेर निजी अस्पताल सञ्चालकहरु पनि त सहकार्य गरेर जान सक्नुहन्छ नि । केही निजी अस्पतालले कोभिडका बिरामी र केहीले नन–कोभिडका बिरामी हेर्न सकिन्छ, यो एक आपसमा सहकार्य र समझादारीबाट गर्न सकिने काम हो,उहाँले थप्नुभयो ।
यसैगरी प्रवक्ता गौतमले संक्रमितको व्यवस्थापनका लागि आइसोलेसन भवनका सन्दर्भमा पनि गृहकार्य भइरहेको बताउनुभयो । भएका ठुला संरचनालाई उपयोग गर्ने गरि तयारी भएको उहाँले बताउनुभयो । हाल काठमाडौं उपत्यकाका अस्पतालहरुमा बेड अभाव हुन थालिसकेको छ ।
तपाईँको अभिमत