नेपालमा पनि ८८ वर्षकी वृद्धाले जित्नुभयो कोरोना

तस्बिर : हरि बास्तोला
अ +
अ -
पोखरा । पोखरामा ८८ वर्षकी वृद्धा कोरोनामुक्त भई डिस्चार्ज हुनुभएको छ ।
पोखरा महानगरपालिका वडा नम्वर ३१ मोहोरियास्थित प्रदेश संक्रमण तथा सरुवा रोग अस्पतालबाट आइतबार ८८ वर्षकी देवीकुमारी गुरुङ डिस्चार्ज हुनुभएको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।
उहाँ सम्भवतः नेपालमा कोरोना जित्ने सबैभन्दा बढी उमेरको व्यक्ति हुनुहुन्छ ।
हेल्थपाटी
तपाईँको अभिमत