४ डाक्टर, ३ नर्ससहित ९२ लाई कोरोना, मेयर र डीएसपी पनि
वीरगञ्ज । पर्साको पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट, डाक्टर, नर्ससहित अन्य ९२ जनालाई कोरोना भाइरस पुष्टि भएको छ । सोही अस्पतालका ४ जना डाक्टर, ३ नर्सलाई संक्रमण भएको छ ।
साउन २६ गते मेसू अनिल यादवसहित ३४ जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा आइतबार ९२ जनाको रिपोर्ट पोजिटिभ आएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिनुभयो ।
साथै पोखरिया नगरपालिकाका मेयर दीपनारायण रौनियार र एकजना पत्रकारलाई पनि संक्रमण पुष्टि भएको छ । मेयर रौनियारका परिवारका सदस्यसहित स्वकीय सचिव र सवारी चालक पनि संक्रमित छन् ।
संक्रमण देखिनेमा वीरगञ्ज महानगरका ३८ जना रहेका छन्। भन्सारमा खटिएका सशस्त्र प्रहरीका डीएसपीका साथै उहाँसँगै ड्युटीमा खटिने अर्का एक जवानलाई पनि संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।
नारायणी अस्पतालको प्रयोगशालामा हिजो राति आएको रिपोर्टमा उहाँहरुलाई संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत