कोरियामा कोरोना महामारी दोहोरिने खतरा, ५ महिनाकै उच्च संक्रमण
सोल। दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण पुनः दोहोरिने खतरा बढेको छ । संक्रमण दर घट्दै गएको कोरियामा आइतबार ५ महिना यताकै उच्च संक्रमित संख्या थिए । आइतबार २७९ जना नयाँ संक्रमित थपिएका थिए भने आज संक्रमण संख्या घटेको पाइएको छ ।
सोमबार १८८ जनालाई संक्रमण पुष्टि भएको रोग नियन्त्रण तथा रोकथाम केन्द्रलाई उद्रत गर्दै स्थानिय सञ्चारमाध्यम योनहापले जनाएको छ । नयाँ संक्रमितमध्ये ८९ केस राजधानी सोल र बाँकी ग्यांगी प्रान्तमा रहेको छ । केही दिनयता कोरियाको सरकारले संक्रमण फर्कनेसक्ने संकेत गर्दै सतर्कता अपनाइएको छ ।
उपस्वास्थ्य मन्त्री किम ग्यांग्लिपले राजधानीका शहरहरुमा सामाजिक दूरी लगायतका जनस्वास्थ्य सुरक्षाका मापदण्डलाई कडाइका साथ कार्यान्वयन गर्ने जानकारी दिनुभएको छ । शनिबार उत्तरी सियालेस्थित साराङग जेल चर्चमा संक्रमण देखिएको थियो । संक्रमितको संख्या १५ हजार ५१५ पुगेको छ भने सोमध्ये ३०५ संक्रमितको मृत्यु भएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत