पाटन अस्पतालको निर्देशकमा प्रा.डा.रवि शाक्य नियुक्त
अ +
अ -
काठमाडौं । पाटन अस्पतालको निर्देशकमा प्रा.डा.रवि शाक्य नियुक्त हुनुभएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको आज बसेको कार्यकारी परिषदको बैठकले प्रा.डा.शाक्यलाई निर्देशक नियुक्त गरेको हो ।
शाक्य प्रतिष्ठानका मानसिक रोग विभागका प्रमुख हुनुहुन्छ । अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माको कार्यकाल सकिएपछि डा. शाक्यलाई नियुक्त गरिएको हो । निर्देशकको कार्यकाल ४ वर्षको हुन्छ।
हेल्थपाटी
तपाईँको अभिमत