स्वास्थ्य मन्त्रालय र अनुसन्धान परिषद्का एक / एक जना कर्मचारीलाई कोरोना
अ +
अ -
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का एक/एक जना कर्मचारीलाई कोरोना भाइरस संक्रमण भएको छ । आइतबार आएको पीसीआर रिपोर्टमा मन्त्रालयका एक जना सवारी चालकलाई कोरोना पुष्टि भएको मन्त्रालयका सहसचिव रघुराम विष्टले जानकारी दिनुभयो ।
यसैगरी परिषद्का एक जना सवारी चालकको पनि रिपोर्ट पोजेटिभ आएको छ । केहि दिनअघि मन्त्रालयका ३ कार्यालय सहयोगीलाई पनि कोरोना पुष्टि भएको थियो ।
तपाईँको अभिमत