प्राइम फर्माका ६, अस्पतालमा कार्यरत १० सहित थप ४५ लाई कोरोना

फाइल तस्बिर
अ +
अ -
काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत ७ र बयोधा अस्पतालका ३ कर्मचारी सहित पर्सामा थप ४५ जनालाई कोरोना पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा शनिबार राति आएको पीसीआर रिपोर्टमा पर्साका ४५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका मेसु डा.मदन उपाध्यायले जानकारी दिनुभयो ।
उहाँका अनुसार संक्रमण पुष्टि हुनेमा ८ वर्षका बालकदेखि ७० वर्षका ३५ जना पुरूष र १० जना महिला रहेका छन् ।
यसैगरी स्थानिय एक पत्रकार र प्राइम फर्मा उद्योगका ६ जना कर्मचारीलाई पनि कोरोना पुष्टि भएको छ । साथै,नारायणी अस्पतालको आइसियूमा अपचाररत २२ वर्षका र ४२ वर्षका बिरामीलाई पनि संक्रमण भएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत