भरतपुर अस्पतालका मेसुसहित ३ डाक्टर र १ स्वास्थ्यकर्मीलाई कोरोना
चितवन । चितनको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्टलाई कोरोना संक्रमण भएको छ । भरतपुर अस्पताल स्रोतले दिएको जानकारी अनुसार मेसु डाक्टर श्रीराम तिवारीलाई शनिबार संक्रमण पुष्टि भएको हो।
अस्पताल विकास समितिका अध्यक्ष डाक्टर भोजराज अधिकारीले अस्पतालको फेसबुक पेजबाट यसबारे जानकारी दिनुभएको हो ।
डा. अधिकारीले प्रसुति विभागका प्रमुख डा सुनिलमणि पोखरेल र आकस्मिक कक्षका चिकित्सकमा पनि कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। उहाँले अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो।
यसरी शनिबार गरिएको परीक्षणमा सरकारी अस्पतालका मात्रै तीन चिकित्सक र एक स्वास्थ्यकर्मीसहित चार जनामा संक्रमण पुष्टि भएको हो। अस्प्तालका अध्यक्ष डा.अधिकारीका अनुसार संक्रमण पुष्टि भएका चार जनाकै स्वास्थ्य अवस्था सामान्य छ।
हेल्थपाटी
तपाईँको अभिमत