शिक्षण अस्पतालमा थप ४ सहित २२ स्वास्थ्यकर्मीलाई कोरोना
अ +
अ -
काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा थप चार स्वास्थ्यकर्मीलाई कोरोना भाइरस रोग (कोभिड–१९) पुष्टि भएको छ । अस्पतालका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासले शुक्रबार आएको रिपोर्टमा थप चार जना स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।
थपिएका ४ स्वास्थ्यकर्मीसँगै शिक्षण अस्पतालमा संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या २२ पुगेको छ । यसअघि बुधबार आकस्मिक विभागका २ डाक्टर र ४ जना नर्सिङ स्टाफलाई कोरोना पुष्टि भएको थियो ।
स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि बुधबारदेखि बन्द रहेको अस्पतालको आकस्मिक सेवा बन्द रहेको छ । अस्पतालमा ओपीडी सेवा भने चलिरहेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत