सावधान : कुखुराको मासुमा पनि भेटियो कोरोना भाइरस !
कुखुराको पखेटामा कोरोना भाइरस रहेको

प्रतिकारात्मक तस्बिर
काठमाडौं । कुखुराको मासुमा पनि कोरोना भाइरस भेटिएको छ । चीनको शेन्जेन लंगागाङमा ब्राजिलबाट आयात गरि ल्याइएको कुखुराको पखेटामा कोराना भाइरस रहेको पत्ता लागेको हो । फ्रोजन गरिएको कुखुराको पखेटामा बुधबार कोरोना भाइरस रहेको पुष्टि भएको अधिकारीहरुलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।
आयातित वस्तुको स्क्रिनिङ गर्ने क्रममा अन्तिम ब्याचको कुखुराको पखेटामा कोरोना भाइरस रहेको पत्ता लागेको लंगाग नगर सरकारले विज्ञप्तिमार्फत जानकारी दिएको छ । मासुमा कोरोना संक्रमण देखिएपछि तुरुन्तै ट्रेसिङ गर्दा उत्पादनको साथ सम्पर्कमा आएकाहरुको परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सोही ब्राण्डको अन्य उत्पादनहरु बिक्रि भइसकेको जनाइएको छ भने मासु स्टोर गरि राखिएको स्थान निर्मलीकरण गरिएको छ । ब्राण्डको नाम गोप्य राखिएको छ । चीनका धेरै स्थानमा सामुन्द्री खानामा कोरोना भाइरस भेटिएको भन्ने समाचार आएका थिए ।
यद्यपि विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले भने खाना अथवा खानाको कभरबाट कोरोना सरेको प्रमाण हालसम्म फेला नपरेको बताएको छ । डब्ल्यूएचओले अधिकांश केस मानिसबाट मानिसमा सरेको रहेको बताउँदै संक्रमितको थुकको छिटाबाट अन्य व्यक्तिमा सर्ने स्पष्ट पारेको छ ।
सीएनएन
तपाईँको अभिमत