धुलिखेल अस्पतालका डाक्टरसहित १२० स्वास्थ्यकर्मी क्वारेन्टिनमा
४ जना बिरामी र एक स्वास्थ्यकर्मीलाई कोरोना
अ +
अ -
काठमाडौं । धुलिखेल अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएपछि त्यहाँका डाक्टर र उपचारमा संलग्न १२० स्वाथ्यकर्मीहरु क्वारेन्टिनमा बसेका छन् ।
अस्पतालमा गत सोमबारदेखि आजसम्म ४ जना बिरामी र एक स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएको छ । स्वास्थ्यकर्मी तथा बिरामीलाई कोरोना पुष्टि भएपछि अस्पतालको ओपिडी ,आकस्मिक कक्ष र वार्डमा समेत संक्रमण फैलिएको शंका गरिएको छ ।
अस्पताललाई किटाणुरहित बनाउनुपर्ने भएकाले केही समयका लागि आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको अस्पतालले जनाएको छ ।
चैतदेखि हालसम्म ११ हजार ४८ जनाको पीसीआर परीक्षण भएकोमा ६९१ जनाको पोजेटिभ आएको र हाल २७ जना संक्रमितको उपचार भइरहेको अस्पतालले जानकारी दिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत