काठमाडौं उपत्यकाका १२७ सहित थप ५२५ लाई कोरोना पुष्टि

अ +
अ -
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १२७ सहित देशभर ५२५ जनालाई कोरोना भाइरस रोग पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा जागेश्वर गौतमले देशभर ५२५ लाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौंमा १११, ललितपुरका ११ र भक्तपुरका ५ जनासहित देशभर ५२५ लाई कोरोना पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ । १०९ जना डिस्चार्ज भएपछि हालसम्म निको हुनेको संख्या १६ हजार ८३७ पुगेको छ ।
तपाईँको अभिमत