कोरोना सक्रमणमा पर्नुभएका भारतका पूर्वराष्ट्रपति मुखर्जी कोमामा

फाइल तस्बिर
अ +
अ -
नयाँ दिल्ली । कोरोना भाइरस रोगको संक्रमणमा पर्नुभएका भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी कोमामा जानुभएको अस्पतालले जानकारी दिएको छ । ८४ वर्षका मुखर्जीलाई सोमबार कोरोना पुष्टि भएको थियो ।
उहाँको उपचार गरिरहेको शैन्य अस्पतालले मुखर्जीको अवस्था चिन्ताजनक रहेको , मुख्य सूचकांक स्थिर रहेको र भेन्टिलेटरको सहयोगमा उपचार चलिरहेकाे जानकारी विज्ञप्ति मार्फत दिएको छ । साथै उहाँको स्वास्थ्य अवस्थामा कुनैपनि सुधार नआएको उपचारमा संलग्न चिकित्सकहरुले बताएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
आकस्मिक रुपमा मष्तिष्क शल्यक्रियाका लागि अगस्ट १० मा शैन्य अस्पतालमा भर्ना गरिएको थियो । शल्यक्रियापछि मुखर्जीको अवस्था बिग्रँदै गएको जानकारी अस्पतालले गराएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत