कोरोना संक्रमित भारतका पूर्वराष्ट्रपति मुखर्जी भेन्टिलेटरमा
नयाँ दिल्ली । कोरोना भाइरस रोगको संक्रमणमा पर्नुभएका भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको अवस्था गम्भीर रहेको अस्पतालले जानकारी दिएको छ । ८४ वर्षका मुखर्जीलाई सोमबार कोरोना पुष्टि भएको थियो ।
उहाँको उपचार गरिरहेको शैन्य अस्पतालले मुखर्जीको अवस्था स्थिर रहेको र भेन्टिलेटरमा रहनुभएको जानकारी विज्ञप्ति मार्फत दिएको छ । साथै उहाँको स्वास्थ्य अवस्थामा सुधार आउने कुनै संकेत नदेखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
आकस्मिक रुपमा मष्तिष्क शल्यक्रियाका लागि अगस्ट १० मा शैन्य अस्पतालमा भर्ना गरिएको थियो । शल्यक्रियापछि मुखर्जीको अवस्था बिग्रँदै गएको जानकारी अस्पतालले गराएको थियो । सोमबार मुखर्जी आफैले ट्वीटमा आफूलाई कोरोना संक्रमण भएको जानकारी दिँदै एउटा उपचार गर्न गएको अर्काे समस्या देखियो भनी लेख्नुभएको थियो ।
पूर्व राष्ट्रपति मुखर्जी अस्पताल भर्ना हुनु २ दिनअघि मात्रै भारत रत्नबाट सम्मानित हुनुभएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत