सुरक्षा व्यवस्थापछि नारायणी अस्पतालका ३५० स्वास्थ्यकर्मीकाे राजीनामा फिर्ता
काठमाडौं । कोरोनाबाट अतिप्रभावित प्रदेश २ अन्तर्गतको नारायणी अस्पतालमा स्वास्थ्यकर्मीको सुरक्षाका लागि सुरक्षाकर्मी खटिएका छन् । बिरामीको उपचारको विषयलाई लिएर स्थानियले गत आईतबार अस्पताल परिसरमै डाक्टर लगायत अन्य स्वास्थ्यकर्मीमाथि हातपात गरेपछि त्यहाँ कार्यरत डाक्टर, नर्स स्वास्थ्यकर्मी तथा कर्मचारीले सामुहिक राजिनामा दिएका थिए ।
स्थानिय प्रशासनले आफूसहित अन्य स्वास्थ्यकर्मीलाई विशेष सुरक्षा दिएपछि सामूहिक राजिनामा फिर्ता लिएको अस्पतालमा मेसू डा. मदन उपाध्यायले जानकारी दिनुभयो । राजीनामा दिए पनि हामीले यसअघि पनि सेवा बन्द गरेका थिएनौँ, निरन्तर बिरामीको उपचारमा खटिएका थियौँ,अहिले हामीलाई सुरक्षाको व्यवस्था भएपछि राजीनामा फिर्ता लिएका हौँ,उपाध्यायले भन्नुभयो ।
उहाँका अनुसार अस्पताल र स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरि अनुसन्धान थालेको छ । विषम परिस्थितिमा पनि बिरामीको उपचारमा अहोरात्र खटिदासमेत आफूहरुको मनोबल गिर्ने र असुरक्षा महसुस भएपछि राजीनामा दिन बाध्य भएकोमा अहिले सुरक्षाको दायरा बढाएको र अवस्था सामान्य भएपछि सेवामा निरन्तर लागेको उपाध्यायले बताउनुभयो ।
अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि डाक्टर, नर्ससहित ३ सय ५० भन्दा बढी कर्मचारीले राजीनामा दिएका थिए । गत शुक्रबार वीरगञ्ज छपकैयाकी एक २० वर्षीय युवतीको उपचारका विषयलाई लिएर अस्पतालमा स्थानियद्वारा आक्रमण भएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत