बागमती नदी किनारमा महिलाको शव
अ +
अ -
मकवानपुर । मकवानपुरमा एक महिलाको शव बेवारिसे अवस्थामा फेला परेको छ । सोमबार बिहान मकवानपुर बागमती गाउँपालिका–५ लिला वनस्थित बागमती नदीको किनारमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
अन्दाजी ३०/३५ वर्षकी जस्तो देखिने महिलाको शव आधा पानीमा डुबेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभएको छ ।
जिल्ला प्ररही कार्यालयबाट खटिएको टोलीले शवको मुचुल्का उठाई हेटौडा अस्पताल ल्याएको जानकारी प्रहरीले दिएको छ । हालसम्म शवको पहिचान हुन नसकेको र त्यसका लागि सहयोग गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरले आह्वान गरेको छ ।
तपाईँको अभिमत