कोरोना संक्रमित : २२४ होम आइसोलेसन, ८५ आइसीयू र ३ जना भेन्टिलेटरमा

प्रतिकारात्मक तस्बिर
अ +
अ -
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो आँकडा अनुसार देशभर ६३८ जनालाई कोरोना पुष्टि भएको छ । यो सहित संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ ।
मन्त्रालयका अनुसार अहिले ७ हजार २०१ जना सक्रिय संक्रमित छन् । जसमध्ये २२४ जना होम आइसोलेसनमा छन् भने ८५ जना आइसीयू र ३ जना भेन्टिलेटरमा रहेका छन् । कोरोनाका बिरामीका लागि १ हजार १३४ आइसीयू र ५७६ भेन्टिलेटर छुट्याइएको छ । हालसम्म १६ हजार ६६६ जना निको भएका छन् भने ८३ संक्रमितको मृत्यु भएको छ ।
तपाईँको अभिमत