अन्तर्राष्ट्रिय उडान र लामो दूरीका यातायात सेवा भदौ १६ बाट सञ्चालन
मन्त्रिपरिषद् निर्णय
काठमाडौं । भदौ १ गतेबाट अन्तर्राष्ट्रिय तथा राष्ट्रिय हवाई सेवाका साथै लामो दूरीका यातायात सञ्चालन गर्ने निर्णय गरेको सरकार कोरोना संक्रमण बढेपछि यो निर्णयबाट पछि हटेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भदौ १५ गतेसम्म हवाई तथा लामो दूरीका यातायात सेवा बन्द गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता अर्थ तथा सञ्चारमन्त्री डा.युवराज खतिवडाले भदौ १६ गतेबाट मात्रै अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाइ सेवा सञ्चालनमा ल्याउने निर्णय भएको जानकारी दिनुभयो ।
कलकारखाना, उद्योग, निर्वाध रूपमा सञ्चालन भई मजदुरहरूको दैनिक आवतजावत बढेकाले उद्योग तथा कलकारखानाभित्र क्वारेन्टाइनको व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पूरा गरेपछि मात्रै सञ्चालन गर्न दिने निर्णय पनि भएको उहाँले बताउनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत