सबै अस्पतालमा कोरोनाका बिरामीलाई २० प्रतिशत बेड छुट्याउन पर्ने

फाइल तस्बिर
अ +
अ -
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर रहेका सम्पूर्ण अस्पतालले आफूसँग भएकोमध्ये २० प्रतिशत बेड कोरोना संक्रमितको उपचारका लागि छुट्याउन निर्देशन दिएको छ ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा जागेश्वर गौतमले निजी, सामुदायिक, सरकारी तथा गैरसरकारी अस्पतालले २० प्रतिशत बेड छु्ट्याइ कोभिड हब अस्पतालमार्फत मन्त्रालयलाई जानकारी गराउन निर्देशन दिनुभयो ।
उहाँले सेटेलाइट अस्पतालहरुको बिरामीको उपचार तथा व्यवस्थापन हब अस्पतालले नै गर्नुपर्ने बताउनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत