काठमाडौं उपत्यकाका ४४ सहित थप ३३८ लाई कोरोना पुष्टि
अ +
अ -
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४४ जनालाई कोरोना भाइरस रोग पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा जागेश्वर गौतमले काठमाडौं उपत्यकाका ४४ सहित ३३८ जनालाई कोरोना पोजेटिभ देखिएको बताउनुभयो ।
उहाँका अनुसार काठमाडौंमा ३६, ललितपुरका ४ र भक्तपुरका ४ जनासहित देशभर ३३८ लाई कोरोना पुष्टि भएको छ । यो सँगै देशभर कोरोना संक्रमितको सख्या २३ हजार ३१० पुगेको छ भने १६ हजार ४९३ जना निको भएका छन् ।
तपाईँको अभिमत