कोरोना त्रास : काठमाडौंका २ वडामा सबै पसल बन्द गर्न निर्देशन
अ +
अ -
काठमाडौं । कोरोना संक्रमण फैलिएको पाइएपछि काठमाडौं महानगरपालिकाका दुई वटा वडामा अत्यावश्यक बाहेकका पसलहरु बन्द गर्ने निर्णय भएको छ । महानगरपालिकाका वडा नम्बर २१ र १२ मा कडाई गरिने निर्णय भएको हो । आजै बसेको २१ र १२ वडाको संयुक्त बैठकले यस्तो निर्णय गरेको सूचनामा जनाइएको छ।
‘संक्रमण बढ्न गइ भयावह हुन नदिन अति अत्यावश्यक सेवाका औषधी, खाद्यान्न र पानी पसल बाहेकका अरु पसलहरु तथा कलकारखाना बन्द गर्न अनुरोध गरिन्छ ।’ सूचनामा भनिएको छ।
खाद्यान्न पसल पनि बिहान १० बजेसम्म र बेलुका ५ देखि ८ बजेसम्म मात्रै खोल्न आग्रह गरिएको छ।
वडा नम्बर १२ र २१ अन्तर्गत टेकु, आसपासका क्षेत्र, सुन्धाराबाट भित्र भोटेबहाल, लगनटोल, जैसीदेवल आसपासका क्षेत्र पर्दछन्।

हेल्थपाटी
तपाईँको अभिमत