पोखरामा पनि कोरोना संक्रमितको मृत्यु, संख्या ७४ पुग्यो
अ +
अ -
पोखरा । कोरोना संक्रमणबाट पोखरामा एक जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत ६२ वर्षीय पुरुष को गएराति मृत्यु भएको सोही अस्पतालले जानकारी गराएको छ।
पोखरा महानगरपालिका–१९ का संक्रमित साउन १९ गते अस्पतालमा भर्ना भएका थिए । आइसीयूमा उपचाररत अवस्थामा हिजो राति ११ः३५ बजे निजको मृत्यु भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ।
संक्रमित मधुमेहको रोगीसमेत रहेको अस्पतालले जानकारी दिएको छ ।

हेल्थपाटी
तपाईँको अभिमत