विश्वभर १ करोड ९५ लाख कोरोना संक्रमित (पाँच लाख नाघेका पाँच देश)
भारतमा एकैदिन ६५ हजार थपिए, अमेरिकामा ५१ लाख बढी

काठमाडौं । भारतमा एकैदिन ६५ हजार कोरोना संक्रमित थपिएका छन् । वल्र्डुमिटरका अनुसार गत २४ घण्टामा ६५ हजार १५६ नयाँ संक्रमित भेटिएका हुन् ।
यससँगै भारतमा संक्रमित हुनेको संख्या २० लाख ८८ हजार ६११ पुगेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकमा छ । त्यस्तै ४२ हजार ५१८ ले ज्यान गुमाएका छन् भने १४ लाख २७ हजार ५ जना निको भएका छन् । भारतमा अहिले ६ लाख २८ हजार ७६३ सक्रिय बिरामी रहेका छन् ।
यसैगरी अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५१ लाख नाघेको छ । वल्र्डुमिटरका अनुसार गत २४ घण्टामा ५४ हजार १३९ थप संक्रमित थपिएसँगै संक्रमित हुनेको संख्या ५१ लाख ४९ हजार ६६३ पुगेको हो । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा मर्नेको संख्या १ लाख ६२ हजार ३८१ पुगेको छ । त्यस्तै १६ लाख ४३ हजार ११८ निको भइसकेका छन् ।
हाल अमेरिकामा २३ लाख ४६ हजार सक्रिय कोरोनाका बिरामी रहेका छन् । गत डिसेम्बरबाट फैलिएको कोरोनाबाट हालसम्म विश्वभर १ करोड ९४ लाख ९९ हजार बढी संक्रमित भइसकेका छन् । संक्रमितमध्ये १ करोड १८ लाख ६४ हजार निको भइसकेका छन् भने ७ लाख २३ हजार ८८१ ले ज्यान गुमाएका छन् ।
पाँच लाख संक्रमित नाघेका पाँच देश
अमेरिका
संक्रमित: ५१,४९,६६३, मृत्यु: १,६२,३८२, निको: १६,४३,११८, सक्रिय संक्रमित: २३,४६,१३१
ब्राजिल
संक्रमित: ३०,१३,३६९, मृत्यु: ९९,५७२, निको: २३,२१,५३७, सक्रिय संक्रमित: ६,१८,५३३
भारत
संक्रमित: २१,५२,०२०, मृत्यु: ४२,५१८, निको: १४,२७,०५, सक्रिय संक्रमित: ६,२८,७६३
रुस
संक्रमित: ८,८२,३४७, मृत्यु: १४,८२७, निको: ६,८८,८५६, सक्रिय संक्रमित: १,७७,२८६
दक्षिण अफ्रिका
संक्रमित: ५,५३,१८८, मृत्यु: १०,२१०, निको: ४,०४,५६८, सक्रिय संक्रमित: १,३८,४१०
तपाईँको अभिमत