धरान उपमहानगरकी उपमेयर भण्डारी होम क्वारेनटाइनमा
धरान । धरान उपमहानगरपालिकाकी उमेयर मञ्जु भण्डारी होम क्वारेनटाइनमा बस्नुभएको छ । धरानको खानेपानीको विषयलाई लिएर काठमाडौ पुगेर धरान आउनुभएकी भण्डारी शुक्रबार देखि होमक्वारेनटाइनमा बस्नुभएको हो ।
काठमाडौमा रहदा विभिन्न मन्त्रालयमा दौडधुप गर्नुभएकी धरान उपमहानगरपालिककी एक कर्मचारीको परिवार मै कोरोना पुष्टि भए पछि उपमेयर भण्डारी कन्ट्याक्ट् ट्रेसिङमा पर्नुभएको थियो ।
त्यहि आधारमा उहाँ होमक्वारेनटाइनमा बस्नुभएको हो । उपमेएर भण्डारी सहित उहाँकी सात वर्षिया छोरी, श्रीमान र आमाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरी पठाइएको छ । ती कर्मचारीसँग जोडिएका अन्यलाई पनि कन्ट्याक्ट् ट्रेसिङको आधारमा पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।
धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले उपमेयरसँग नजिक रहेकी महिला कर्मचारी उहाँकी १० बर्षीय छोरा र आमालाई संक्रमणको पुष्टि भएको जानकारी दिनुभयो । उहाँले छोराको हिजो रिर्पोट आएको थियो भने ती महिला कर्मचारी र आमाको आज रिर्पोट आएको जानकारी दिनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत