ठूलो संख्या स्वास्थ्यकर्मी संक्रमित, निजी स्वास्थ्य संस्थामा काम गर्न रोक

फाइल तस्बिर
सप्तरी । सरकारी अस्पतालमा कार्यरत स्वास्थयकर्मीमा व्यापक कोरोना संक्रमण देखिएपछि सप्तरीमा निजी अस्पताल तथा स्वास्थ्य संस्थामा काम गर्न रोक लगाइएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसिएमसी) ले सरकारी अस्पतालका स्वास्थ्यकर्मीलाई निजी क्लिनिक, उपचार केन्द्र, अस्पताल कुनै पनि ठाउँमा काम गर्न रोक लगाउने निर्णय गरेको हो ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका धेरै स्वास्थ्यर्मीमा कोरोना संक्रमण देखिएपछि अस्पतालका स्वास्थ्यकर्मीलाई बाहिरको काममा रोक लगाउन डिसिएमसीले निर्देशन दिएको हो । ठूलो संख्यामा अस्पतालका स्वास्थ्यकर्मी संक्रमित भएपछि आकस्मिक सेवा सञ्चालनका लागि समेत कठिनाइ भएकाले यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले बताउनुभयो।
गजेन्द्रनारायण सिंह अस्पतालकाको आकस्मिक कक्षमा कार्यरत ७ अहेवमा कोरोना संक्रमण देखिएपछि आइसोलेसनमा छन् । यसैगरी शंकास्पद तीन चिकित्सकसहित २७ जना स्वास्थ्यकर्मी, कर्मचारी हिजोदेखि क्वारेन्टाइन बसेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत