प्रधानमन्त्री ओलीसहित ७ जनाको पीसीआर रिपोर्ट आयो
काठमाडौं । प्रधानममन्त्री केपी ओली र उहाँका सचिवालयमा कार्यरतहरुको पीसीआर परीक्षणको रिपोर्ट आएको छ । परीक्षणको रिपोर्टमा प्रधानमन्त्री ओली लगायत अन्यमासमेत कोरोना संक्रमण नभएको देखिएको छ । आज बिहान स्वाब लिएर गरिएको परीक्षणको रिपोर्ट केहीबेर अघि मात्रै आएको र सबैको नेगेटिभ रिपोर्ट देखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ ।
प्रधानमन्त्री ओलीसहित, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, कानूनमन्त्री डा.शिवमाया तुम्बाहाम्फे, मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी गरी ७ जनाको स्वाब लिइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको थापाको भनाइ छ ।
प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवलाई दुईदिन अघि कोरवना संक्रमणको पुष्टि भएको थियो । केही दिनअघि मन्त्री यादव सहभागी कार्यक्रममा प्रधानमन्त्री समेत सहभागी भएपछि कन्ट्याक्ट ट्रेसिङमा पर्नुभएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत